काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता तथा पूर्वप्रधानमन्त्री प्रचण्डले फागु पूर्णिमाको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन्।
सन्देशमा उनले भने, “रङ्गहरूको यो चाडले हामीलाई उल्लासमय वातावरणका साथै सामूहिकता र मेलमिलाप सम्झाइरहन्छ। तर यसपटक मध्यपूर्वमा बनेको परिस्थितिका कारण हजारौं प्रवासी नेपाली र उनका परिवार चिन्तामा छन्। यसैले फागु पहिले जस्तो खुला उल्लासमा मनाउन सकिने अवस्था छैन। विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना गर्दछु।”
उनले आगामी प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित सन्देश पनि दिएका छन्। “भोलिदेखि निर्वाचनको मौन अवधि सुरु हुँदैछ। शान्तिपूर्ण वातावरण बनाऔँ, संयमता राखौँ र विवेकका साथ मतदान गरौँ। हाम्रो एक मतले देशको भविष्यको बाटो तय गर्छ। रङ्गले सम्बन्ध नजिक बनाओस्, नतिजाले जनजीवनमा आशा र उमंग ल्याओस्,” उनले बताएका छन्।
प्रचण्डले सबै नेपालीमा समावेशी, सुरक्षित र समृद्ध नेपालको निर्माणका लागि मतदानमा सक्रिय र जिम्मेवार सहभागिताको अपिल पनि गरेका छन्।





























प्रतिक्रिया