चन्द्रपुर (रौतहट) । आज भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मतदान गरेका छन् । रौतहट क्षेत्र नं ३ का उमेदवारसमेत रहेका उनले रौतहटको मौलापुर नगरपालिका वडा नं ३ स्थित वडा कार्यालयबाट मतदान गरेका हुन् ।
निर्वाचनलाई एउटा उत्सवको रूपमा लिएर मतदान गर्न आम मतदातालाई अध्यक्ष साहले आग्रह गरे । यसैबीच रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्वक रूपमा निर्वाचन भइरहेको जानकारी दिए ।































प्रतिक्रिया