काठमाडौं । जेनजी आन्दोलनको पृष्ठभूमीमा आज देशभरको १६५ वटै क्षेत्रमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा बिहान ७ः०० बजेदेखि ५ः०० बजे सम्म भएको मतदान सो जानकारी गराइएको हो । साथै विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यकिन प्रतिशत सार्वजनिक गर्न केही समय लाग्नेछ।
यसअघि २०७९ को निर्वाचनमा ६१ प्रतिशत मतदान भएको थियो २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ६७.६३ मतदान भएको थियो। यसले विगतको मतदानभन्दा यसपटकको मतदानमा उल्लासपूर्ण जनताको सहभागिता नभएको देखिन्छ ।































प्रतिक्रिया