दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ । कुल २२३२ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाले १५१६ मत प्राप्त गरी अग्रस्थान सुरक्षित गरेको छ । रास्वपाको तुलनामा अन्य ठूला दलहरूको मत परिणाम निकै कम देखिएको छ । नेपाली कांग्रेस (रूख) २९२ मतका साथ दोस्रो स्थानमा छ भने नेकपा एमाले (सूर्य) ले २२२ मत प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ ।
त्यस्तै अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा निकै पछाडि परेका छन् । तारा चिन्हले ८९ मत ल्याएको छ भने हलो चिन्हका उम्मेदवारले २५ मत प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गिलास चिन्हले ४८ मत, आँपले १३ मत, स्वतन्त्र उम्मेदवार (चेस गोटी) ले १३ मत र गुलाफको फूलले ८ मत प्राप्त गरेका छन् । यस्तै छाताले ३ र मोबाइल चिन्हले २ मत पाएका छन् ।
गणना भएका कुल मतमध्ये १०१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया