झापा –३ अपडेटः राजेन्द्र लिङ्देनलाई पछि पार्दै घण्टीको अग्रता, ‘माटो’ तेस्रो !

झापा –३ अपडेटः राजेन्द्र लिङ्देनलाई पछि पार्दै घण्टीको अग्रता, ‘माटो’ तेस्रो !

केन्द्रबिन्दु
117
Shares

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापा–३ मा मतगणनाको सुरुवाती नतिजाले सबैलाई अचम्मित तुल्याएको छ। कुल ५,८४६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार २,३३१ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १,६०६ मतसहित दोस्रो स्थानमा छन् । सबैभन्दा रोचक पक्ष, हर्क साम्पाङको श्रम संस्कृति पार्टी (माटो चिह्न) ७८१ मतका साथ तेस्रो स्थानमा देखिएको छ।

नेकपा एमालेका उम्मेदवारले ६१८ र रुख चिह्न (कांग्रेस) ले मात्र ८३ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा पुराना शक्तिहरूलाई नयाँ र स्वतन्त्र लहरले ठूलो चुनौती दिएको देखिन्छ।

Skip This
Skip This
Logo