काठमाडाैं । गुल्मीको राजनीतिक इतिहासमा विरलै देखिने दृश्य अहिले गणनास्थलमा देखिएको छ । स्थापित दलका शीर्ष नेताहरू प्रदिप ज्ञवाली र डा. चन्द्र भण्डारी जस्ता ‘भेट्रान’ राजनीतिज्ञहरूलाई सागर ढकालले आधाभन्दा बढी मतको अन्तरले पछि पारेका छन्।
रास्वपाका ढकालले १,४१३ मतले अग्रता कायम राखेका छन् भने ज्ञवालीले ५७९ मत तथा कांग्रेसका डा. चन्द्र भण्डारी ५७१ मत पाएका छन् । यो तथ्याङ्कले गुल्मी-१ मा मतदाताको मनोविज्ञान पूर्ण रूपमा परिवर्तन भएको संकेत गर्छ।
ज्ञवाली र भण्डारीबीचको दशकौँदेखिको द्वन्द्वलाई चिर्दै सागर ढकालले ८३४ मतको फराकिलो अग्रता बनाएका छन्। ‘केही हुँदैन’ भन्ने निराशाबीच सागरको यो अग्रताले गुल्मेली जनतामा नयाँ अनुहारप्रतिको तीव्र भोक स्पष्ट पारेको छ। माओवादी केन्द्रका सुदर्शन बराल पनि ४४५ मतसहित प्रतिस्पर्धामा टिकिरहन संघर्षरत देखिन्छन्।































प्रतिक्रिया