काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश पराजुली काठमाडौं क्षेत्र नं ७ बाट लगातार दोस्रोपटक विजयी भएका छन् ।
पराजुलीले २७ हजार ८ सय ५ मत प्राप्त गरेर विजयी भएका हुन्। पराजुली २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले ३ हजार ९ सय ८२ मत मात्र पाए । पराजुलीले गुरागाईंलाई २३ हजार ८ सय २३ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टीका वसन्त प्रसाद मानन्धरले ३ हजार ६ सय ६७ र नेकपा एमालेका प्रकाश श्रेष्ठले ३ हजार ५ सय ४४ मत प्राप्त गरे ।































प्रतिक्रिया