रवि लामिछाने साढे ३९ हजार मतान्तरका साथ विजयी

रवि लामिछाने साढे ३९ हजार मतान्तरका साथ विजयी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रोपटक विजयी भएका छन् ।

लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरे ।

लामिछाने यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट विजयी भएका थिए ।

Skip This
Skip This
Logo