हारमा ह्याट्रिक गरेपछि दलीय राजनीतिबाट सन्यास लिएको रविन्द्र मिश्रको घोषणा

हारमा ह्याट्रिक गरेपछि दलीय राजनीतिबाट सन्यास लिएको रविन्द्र मिश्रको घोषणा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। लगातार तेस्रो पटक प्रतिनिधिसभाको निर्वाचनमा हार व्यहोर्नुपरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तत्कालका लागि राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।उनले ०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौँ १ बाट पराजित भएका थिए । यस पटक पनि काठमाडौँ –१ बाट रन्जु दर्शना संग लज्जास्पद हार बेहोरेका छन् ।
केहिबेर अघि सामाजिक सञ्जालमा स्टाटस लेखेर मिश्रले कुनै निराशा, हताश या हतारमा नभइ सोचेर निर्णय लिएको उल्लेख गरेका छन् । देशभरि राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएकाले पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले जिम्मेवारी लिँदै पार्टीबाट तत्कालका लागि बिदा भएको उल्लेख गरे ।
विचारभन्दा माथि देश, देशका लागि नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा आफू विश्वस्त रहेको भन्दै उनले आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको घोषणा गरे ।
उनले राजसंस्था पुनस्र्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा आफ्नो अडान यथावत रहने र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचार र अडानहरू मुखरित गरिरहने बाचा गरेका छन् । गत ९ वर्षको अभूतपूर्व तार–चढावपूर्ण राजनीतिक यात्राका क्रममा विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको र त्यो प्रयास अझै पर्याप्त देखिएको उनले स्वीकार गरे । तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा नगर्ने पनि प्रतिबद्धता जनाएका छन् ।
कठिन यात्रामा साथ र सहयोग गर्ने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरेका छन् । निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना दिँदै उनले ‘प्रचण्डपथ’मा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् भनेर कामना गरेका छन् ।

Logo