गोरखा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर–१ मा मतगणना सुरु भएको छ।
भौगोलिक विकटताका कारण विभिन्न स्थानबाट मतपेटिका सङ्कलनमा ढिलाइ भएपछि मतदान सम्पन्न भएको दुई दिनपछि मात्र मतगणना सुरु गरिएको हो।
जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह १२ः३० बजेबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।
मतगणनाका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ।
गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।































प्रतिक्रिया