चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरसहित विजयी भएकी छन्।
गौतमले ५९ हजार २७७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन्। गौतम र दाहालबीचको मतान्तर ३८ हजार ६६२ पुगेको छ, जुन यस निर्वाचनको उल्लेखनीय परिणाममध्ये एक मानिएको छ।
अन्य दलका उम्मेदवार भने धेरै पछाडि परेका छन्। नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत प्राप्त गरे भने नेकपा एमालेका शंकरराज थपलियाले ५ हजार ४ मत पाए। दुवैले कुल सदर मतको १० प्रतिशत मत नपुगेपछि उनीहरूको जमानत जफत भएको छ।
२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे विजयी भएका थिए। तर यसपटक राप्रपाका उम्मेदवार दिपक थापा मगर भने १ हजार २२६ मतमा सीमित भए।
यस परिणामसँगै चितवन–३ मा रास्वपाले अत्यधिक मतान्तरसहित जीत हासिल गरेको देखिएको छ।































प्रतिक्रिया