सुनसरी–३ मा रास्वपाका अशोक चौधरी विजयी,दोब्बर बढी मतले हारे विजयकुमार गच्छदार

सुनसरी–३ मा रास्वपाका अशोक चौधरी विजयी,दोब्बर बढी मतले हारे विजयकुमार गच्छदार

केन्द्रबिन्दु
36
Shares

धरान । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अशोककुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत पाए। नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत ल्याउँदै तेस्रो स्थानमा रहिन्।

यस्तै श्रम संस्कृति पार्टीका रामप्रसाद सदा १ हजार ७८० मतसहित चौथो स्थानमा रहे भने नेपाल कम्युनिस्ट पार्टीका दुर्गेशकुमार चौधरीले १ हजार ५५१ मत प्राप्त गरे।

इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, गढी गाउँपालिका र बर्जु गाउँपालिकाका ३५ वडा समेटिएको यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

निर्वाचन क्षेत्रमा १ लाख ३४ हजार ३०२ मतदाता रहेकामा ९५ हजार १८५ मत खसेको थियो।

Skip This
Skip This
Logo