काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले आज सरकारलाई प्रतिवेदन बुझाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । गत ५ असोजमा सरकारले २३ र २४ भदौमा भएको जेन–जी घटनाबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो । यसअघि पटकपटक म्याद थपेको आयोगको प्रतिवेदन चुनाव अगावै सार्वजनिक गर्न जेनजी प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले माग गर्दै आएका थिए। तर चुनावको वातावरण विथोलिन सक्ने भन्दै आयोगले आज मात्रै प्रतिवेदन बुझाएको हो ।
आयोगको प्रतिवेदन भने अहिले सार्वजनिक हुने छैन । मन्त्रिपरिषद्को निर्णयबाट आयोगले गरेको सिफरिस कार्यान्वयनको लागि अख्तियारी दिइनेछ ।































प्रतिक्रिया