मकवानपुर-१ मा रास्वपाका गौतम विजयी

मकवानपुर-१ मा रास्वपाका गौतम विजयी

केन्द्रबिन्दु
3
Shares

हेटौंडा । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम विजय भएका छन् । यस क्षेत्रको कुल मत ९५ हजार ३१० मध्ये ३६ हजार ३३ मतका साथ गौतम विजयी भएका हुन् ।

नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय (डिना)ले १४ हजार ३८, नेकपा (एमाले)का रामेश्वर रानाले १२ हजार ७८३ मत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)पा विजय गौतमले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका दीपकबहादुर सिंहले चार हजार ५७४ प्राप्त गरेका छन् । त्यसैगरी उज्यालो नेपालका सुरेन्द्र लामाले १० हजार २ सय ५ मत प्राप्त गरे ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लामा रहेका कुल तीन लाख १५ हजार ४३४ मतदातामध्ये ५९ प्रतिशत अर्थात् करिब १ लाख ८६ हजार ५५१ मत खसेको हो ।

Skip This
Skip This
Logo