काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सहकार्यको प्रस्ताव गरेका छन् ।
मोदीले सामाजिक सञ्जालबाट दिएको शुभकामना सन्देशमा बालेनले नेपाली भाषामा जवाफ दिँदै भनेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री नरेन्द्र माेदी ज्यु, नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।’
यसअघि मोदीले आफ्नो फेसबुक पेजबाट बालेन र रास्वपा सभापति रवि लामिछानेलाई आम निर्वाचनमा जित हासिल गरेकोप्रति बधाइ दिएका थिए । मोदीको तर्फबाट प्राप्त शुभकामनाको प्रतिउत्तरमा आएको बालेनको यो भनाइलाई राजनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।































प्रतिक्रिया