काठमाडौं
एमाले माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक अर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब हुन थालेको हो । "/>

दुई अध्यक्षलाई नै थाह छैन, बाम एकता कहिले ..?

दुई अध्यक्षलाई नै थाह छैन, बाम एकता कहिले ..?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
एमाले माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक अर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब हुन थालेको हो । नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्ष बीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन नसक्दा एकता हुने नहुने संशय देखा पर्न थालेको छ । एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको हो।

नेतृत्वको विवाद मिलाउन दुई अध्यक्ष बीच विभिन्न विकल्पमा छलफल भने चलिरहेको वाम नेताले बताएका छन् । एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक एमाले र एक माओवादीले लिने गरी भागबन्डा गर्नु पर्ने माओवादीको अडानमा एमाले सहमत छैन । नेतृत्वको छलफलका सन्दर्भमा सुरुमा माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको सहअध्यक्ष सम्म दिएर पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले आफैं राख्न चाहेको थियो । तर पछिल्ला छलफलमा एमाले लचिलो बनेर दुई अध्यक्ष प्रणाली सम्मको छलफलमा आएको स्रोतले बताएको छ । एमालेको यो प्रस्तावमा पनि माओवादी मानेको छैन ।

एकीकृत पार्टी अध्यक्ष र प्रधानमन्त्रीमै दुई अध्यक्षको व्यवस्थापन मात्रै अहिलेको सन्दर्भमा सम्मानजनक पार्टी एकताको एउटा मात्रै विकल्प भएको मत राखिरहेको माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालले बताए । ‘एकता रोकिएको यही भन्ने छैन, एमालेको तर्फबाट सलल बगेको छैन, एमालेले अलि अलि रोक्न खोजेको देखिन्छ’, माओवादी अध्यक्ष दाहालका भार्इ समेत रहेका उनले भने, ‘विकल्प केही छैन, एकीकृत पार्टी अध्यक्ष हाम्रै अध्यक्ष प्रचण्ड हुने हो, प्रधानमन्त्री केपी ओली नै हुने गरी मात्र एकता हुन्छ, अन्य विकल्प नै छैन । अरूबाट हुँदैन, त्यो नमिल्दा सम्म एकता हुँदैन।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo