रास्वपा कोशीमा समानुपातिकतर्फ पनि बन्याे पहिलो शक्ति

रास्वपा कोशीमा समानुपातिकतर्फ पनि बन्याे पहिलो शक्ति

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। कोशी प्रदेशमा समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । मतगणना अन्तिम चरणमा पुग्दा रास्वपाले ८ लाख ४६ हजार ७३७ मत पाएको छ ।

दोस्रो र तेस्रो स्थानका लागि नेपाली कांग्रेस र नेकपा एमाले बीच तीव्र प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसले २ लाख ८६ हजार ०९३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छ भने नेकपा एमाले २ लाख ८५ हजार २८१ मत सहित तेस्रो स्थानमा खुम्चिएको छ ।

कोशी प्रदेशमा श्रम संस्कृति पार्टीको उदय रोचक देखिएको छ । स्थापना भएको मात्र चार महिना पुगेको यो पार्टीले स्थापित दलहरूलाई चुनौती दिँदै २ लाख ८५ हजार ०१९ मत प्राप्त गरी चौथो स्थान हासिल गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ९४ हजार ८७० मत प्राप्त गर्दै एक लाखको आँकडा समेत पार गर्न सकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६१ हजार ९०० मत मात्र प्राप्त गरेको छ।

Skip This
Skip This
Logo