हार स्वीकार्दै ओलीले भने- जनताले दिएको विश्वासलाई अझ बलियो बनाउँछौं

हार स्वीकार्दै ओलीले भने- जनताले दिएको विश्वासलाई अझ बलियो बनाउँछौं

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेका एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हार स्वीकार गरेका छन् । आज सामाजिक सञ्जाल फेशबुक मार्फत ओलीले अपेक्षित नतिजा नआएपनि मतदाताको निर्णयलाई पूर्ण सम्मान गर्ने घोषणा गरेका छन्।

ओलीले मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक र समर्थकहरूलाई धन्यवाद दिँदै भने, “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन, तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताका लागि काम गरिरहनेछौँ, र विश्वासको सम्बन्ध अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।”

ओलीले भनेका छन्, “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।”

ओलीको स्टाससमा उनको राजीनामाको जोडदार माग कमेन्ट गर्नेहरुले गरेका छन्।

Logo