काठमाडौं । धनुषा -१ मा नेकपाका मातृका यादवलाई निर्वाचन आयोगले विजयी भएको घोषणा गरेको छ ।
उम्मेदवारी खारेजका बाबजुद रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।
यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ । आज आयोगले वेबसाइटमा पनि अपडेट गरेको विवरण अनुसार यादवको १०४३० मत छ । दोस्रो स्थानमा नेपाली कांग्रेसका सामपलटन साहले ९५०२ र एमालेका रामचन्द्र मण्डलले ९३१५ मत प्राप्त गरेका छन् । यहाँ किशोरी को नाम छैन ।
यता आयोगको निर्णय पुनरवलोकनको माग गर्दै किशोरी सर्वोच्च पुगेका छन् ।





























प्रतिक्रिया