काठमाडौँ । नेपाली काँग्रेसले यही हप्ताभित्र फेरि अर्को बैठक बसेर गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्ने बताएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बसेको बैठकले समानुपातिकतर्फ निर्वाचित हुने २० जना सांसदहरूको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
तर, निर्वाचनको समीक्षा भने अर्को बैठकमा मात्रै गरिने प्रवक्ता देवराज चालिसेले जानकारी गराए ।
पार्टीले निर्वाचनको बारेमा वृहत छलफल गर्ने र त्यसपछि मात्रै धारणा बनाउने प्रवक्ता चालिसेको भनाइ छ ।





























प्रतिक्रिया