पूर्वमन्त्री गुप्ताको निवेदनमाथि फुयाँल र पौडेलको संयुक्त इजलासमा सुनुवाइ

पूर्वमन्त्री गुप्ताको निवेदनमाथि फुयाँल र पौडेलको संयुक्त इजलासमा सुनुवाइ

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । कास्कीको लिचीवारीसँग सम्बन्धित घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि त्यसविरुद्ध गुप्ताले सर्वोच्चमा पुगेका हुन्। उक्त निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशीमा राखिएको छ।

अनुसन्धान अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्ने तथा भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। सोही आधारमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरिएको हो।

Skip This
Skip This
Logo