रास्वपाले पाएको जनादेशलाई खेर जान दिनुहुँदैन : पूर्वराष्ट्रपति यादव

रास्वपाले पाएको जनादेशलाई खेर जान दिनुहुँदैन : पूर्वराष्ट्रपति यादव

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनादेशलाई खेर जान दिन नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले जनादेशलाई खेर जान दिन नहुने उल्लेख गरेको हाे ।

रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताए । पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गरे ।

राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सवैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा उनकाे जोड थियो ।

Logo