काठमाडौँ । दीर्घकालीन परियोजनामा लगानी बढाउन नागरिक लगानी कोषलाई अर्थमन्त्री रामेश्वर खनालले निर्देशन दिएका छन् ।
दीर्घकालीन महत्त्वका परियोजनामा लगानी गर्दा मुलुकलाई लाभ पुग्ने भएकाले उनले उक्त निर्देशन दिएका हुन् । कोषको ३६औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजनामा पनि लगानी गर्न उनले कोषलाई निर्देशन दिएका हुन् ।
बुढी गण्डकी जलविद्युत् आयोजना अघि बढाउने सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोष जस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने उनको भनाइ थियो ।
अर्थमन्त्री खनालले दोहोरो कर हटाउन आवश्यक रहेको बताउँदै भने, ‘कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक रहेको छ ।’ दोहोरो करको विषय आफ्नो कार्यकालमा समाधान नभए पनि अबको सरकारले यसतर्फ काम गर्ने उनले बताए ।
१५–२० वर्षे अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा रहेको बताउँदै उनले त्यस्ता ऋणपत्रले पनि अधिक तरलता न्यूनीकरणमा सहयोग गर्ने बताए । सार्वजनिक निजी साझेदारीबाट पनि नयाँ परियोजना, कृषि परियोजनाको लागि भूमिको हदबन्दी हटाउने जस्ता कार्य गरेर अघि बढ्न सकिनेमा उनको जोड थियो ।































प्रतिक्रिया