काठमाडौं। नवनिर्वाचित सांसद सुदन गुरुङले बलात्कारका घटनामा संलग्न अपराधीविरुद्ध कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै मृत्युदण्डसम्मको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
गोरखा–१ बाट निर्वाचित गुरुङले पछिल्लो समय बढ्दो यौन हिंसाका घटनाले समाज असुरक्षित बन्दै गएको उल्लेख गर्दै वर्तमान कानुनले अपराध नियन्त्रण गर्न नसकेको बताएका छन् ।
उनले व्यक्तिगत धारणा राख्दै बलात्कारीलाई कडा सजाय नभएसम्म अपराधमा कमी नआउने दाबी गरे । “कानुनमा कडाइ नहुँदा अपराधीलाई डर छैन,” भन्दै उनले यस्ता अपराधमा कठोर दण्डको व्यवस्था हुनुपर्ने बताए ।
गुरुङले बलात्कार मात्र होइन, भ्रष्टाचारजस्ता गम्भीर अपराधमा पनि कडा कारबाहीको अभाव रहेको उल्लेख गर्दै कानुनी संरचनामाथि नै प्रश्न उठाएका छन् ।































प्रतिक्रिया