नयाँ सांसदहरुको सपथ चैत १२ मा, प्रधानमन्त्रीले १३ गते लिने

नयाँ सांसदहरुको सपथ चैत १२ मा, प्रधानमन्त्रीले १३ गते लिने

सपथ लिन जाँदा सांसदहरुलाई सचिवालयले के भनेको छ ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ । यस्तै चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ हुने तय भएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसदका २७५ सांसदले सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा दिउँसो २ बजे शपथ लिनेछन्। नयाँ संसद भवन तयार नभएकाले अस्थायी रूपमा उक्त हल प्रयोग गरिनेछ ।

शपथ ग्रहणमा जेष्ठ सांसदले राष्ट्रपति समक्ष पहिलो शपथ लिएर अरु सांसदहरूलाई शपथ दिलाउने परम्परा छ । त्यसपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्ने तयारी छ ।

सरकार गठन प्रक्रिया पनि अघि बढिरहेको छ। बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। स्रोतका अनुसार चैत १३ गते बिहान प्रधानमन्त्रीको शपथ हुने कार्यक्रम छ ।

त्यसपछि मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूको पनि शपथ गराइने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले प्रतिवेदन बुझाएपछि सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।

सपथ लिन जाँदा सांसदहरुलाई सचिवालयले के भनेको छ ?

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहणमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। शपथ सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। सहभागीहरूले निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य ल्याउनुपर्नेछ। साथै, कार्यक्रमभन्दा दुई घण्टा अगावै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ। मातृभाषामा शपथ लिन चाहने सांसदहरूले अनुवादसहितको प्रतिलिपि तीन दिन अगावै सचिवालयमा बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ।

Skip This
Skip This
Logo