ईद उल फित्रले एकता र सद्भाव प्रवर्द्धन गरोस्: उपराष्ट्रपति यादव

ईद उल फित्रले एकता र सद्भाव प्रवर्द्धन गरोस्: उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ईद उल फित्र पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभ्य, शान्त र समुन्नत समाज निर्माणमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रले राष्ट्रिय जीवनमा एकता, सद्भाव र सहअस्तित्वलाई बलियो बनाउँदै सबैलाई साझा यात्रामा अघि बढ्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न तथा विविधता र सहअस्तित्वलाई शान्ति र समृद्धिको आधार बनाउन यस पर्वले योगदान पुर्‍याउने उल्लेख गरेका छन् ।

रोजाको अनुशासन, आत्मसंयम र श्रद्धासहित मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक मानिन्छ । यस पर्वले संयम, धैर्य र आत्मनियन्त्रणको सन्देश दिने जनाइएको छ ।

Logo