काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले ईद-उल–फित्रका अवसरमा नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
इस्लामिक पात्रोको पवित्र महिना रमजानको लामो व्रत समापनसँगै मनाइने ईदका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले देश-विदेशमा रहेका मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेकी हुन् ।
रमजानको व्रतले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने उल्लेख गर्दै उनले यी मूल्यहरूले समाजमा सहअस्तित्व र समृद्धि बढाउन सहयोग गर्ने बताएकी छन् ।
प्रधानमन्त्रीका अनुसार ईद–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।





























प्रतिक्रिया