पद्मालाई महावीरले भने “आफ्ना नेताले सिकाएजस्तो स्वाँठ र मूर्ख नबन्नू” जनताले ठेगान लगाउलान्

पद्मालाई महावीरले भने “आफ्ना नेताले सिकाएजस्तो स्वाँठ र मूर्ख नबन्नू” जनताले ठेगान लगाउलान्

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। एमाले नेतृ पद्मा अर्यालले नयाँ शक्ति र युवालाई ‘तह लगाउने’ अभिव्यक्ति दिएपछि सांसद महावीर पुन आक्रामक रूपमा प्रस्तुत भएका छन्। उनले भनेका छन्-“युवालाई हैन, अब जनता पुराना सोचका नेताहरूलाई तह लगाउँदैछन्।”

पुनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुराना दलका नेताहरूलाई ‘अहङ्कारी’ र ‘यथार्थबाट टाढा’ भएको आरोप लगाए । “आफ्ना नेताले सिकाएजस्तो स्वाँठ र मूर्ख नबन्नू,” भन्दै उनले पद्मा अर्यालमाथि सीधा प्रहार गरेका छन्।

उनको भनाइमा अहिलेको पुस्ता पहिलेभन्दा धेरै सचेत, चलाख र निर्णायक छ। “नयाँलाई दबाउने कुरा गर्नेहरूलाई अब युवाले नै जवाफ दिन्छन्,” उनले स्पष्ट पारे।

हालैको निर्वाचनलाई उदाहरण दिँदै पुनले नयाँ पुस्ताले पुराना दलहरूलाई झट्का दिइसकेको बता ए। उनले समानुपातिक कोटाबाट आएका नेताहरूलाई लक्षित गर्दै “अहङ्कार छोड्न” समेत चेतावनी दिएका छन्।

पुनले भनेका छन्, समय बदलिएको छ, तर पुराना नेताहरूको सोच अझै उहीँ अड्किएको छ । “अब सहकार्य नगरे, जनता आफैंले हिसाब मिलाउँछन्,” उनको चेतावनी छ ।

Logo