काभ्रेपलाञ्चोक। काभ्रेमा निर्वाचित रास्वपा सांसदहरू मतदातासँग भेटघाटमा व्यस्त हुँदा नागरिकले विकास र सेवा सुधारका ठूला अपेक्षा राखेका छन् ।
क्षेत्र नं १ का सांसद मधुकुमार चौलागाईंका अनुसार अधिकांश नागरिकले सडक, खानेपानी र आधारभूत सेवाको समस्या उठाएका छन् । विकट भौगोलिक अवस्थाका कारण दैनिक जीवनमा कठिनाइ रहेको गुनासो धेरै आएको उनले बताएका छन् ।
यस्तै क्षेत्र नं २ का सांसद बदन भण्डारीले किसानका समस्या बढी आएको बताए । मल अभाव, सिँचाइ समस्या, उत्पादनको बजार नपाउने र दूधको मूल्य नपाउनु मुख्य गुनासा रहेको उनको भनाइ छ ।
दुवै सांसदले नागरिकका सुझावका आधारमा योजना बनाउने र विकासलाई प्राथमिकता दिने बताएका छन् । कृषि, पर्यटन, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने दबाब आफूहरूले महसुस गरेको उनीहरूको प्रतिक्रिया छ ।
मतदाताले भने नयाँ नेतृत्वले पुराना समस्या समाधान गर्ने आशा राखेका छन् ।





























प्रतिक्रिया