काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनको महत्त्व चुनाव जितेका १८ जना र पराजित हुनेलाई मात्र भएको बताएका छन् ।
आज बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘विशेष महाधिवेशन नगरी हामी फागुन २१ के निर्वाचनमा गएका थियौँ भने त्यसको सामना कसरी गर्नुपर्थ्यो भन्ने चुनाव जितेका १८ जना र पराजित हुनेलाई जानकारी छ ।’
निर्वाचनमा मत नमाग्नेलाई विशेष महाधिवेशनको महत्त्व थाहा नहुने उनको प्रतिक्रिया छ ।
थापा विशेष महाधिवेशनमार्फत गत पुस ३० गते पार्टीको सभापति चयन भएका थिए। तर यही विशेष महाधिवेशनका कारण चुनावी परिणाम खराब आएको चर्चाका बीच उनको यो जवाफ आएको हो । निर्वाचनमा उनी स्वयंले लज्जाजनक पराजय भोगेका थिए ।





























प्रतिक्रिया