काठमाडौं ।

बाम कार्यदलको बैठकले मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएको छ । "/>

ओली र प्रचण्डबीच भएको ४ घण्टाको छलफलले यस्तो निष्कर्ष निकाल्यो

ओली र प्रचण्डबीच भएको ४ घण्टाको छलफलले यस्तो निष्कर्ष निकाल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बाम कार्यदलको बैठकले मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएको छ । कार्यदलका एक सदस्यले दिएको जानकारी अनुसार चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने र दुई मुख्यमन्त्री र दुई सभामुख माओवादीले लिनेगरि सहमति भएको हो ।

सहमति अनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ नम्बर मुख्यमन्त्री र प्रदेश नम्बर १ ३, ६ र ७ मा सभामुख पाउने छ । त्यस्तै प्रदेश नम्बर ६ र ७ मुख्यमन्त्री र प्रदेश नम्बर ४ र ५ मा माओवादी केन्द्रले सभामुख पाउनेछ ।

एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो ।

सहमति अनुसार एमालेले सभामुख लिएको प्रदेशमा माओवादीले उपसभामुख लिनेछ भने माओवादीबाट सभामुख भएको प्रदेशमा एमालेबाट उपसभामुख हुनेछन् । उपसभामुख माओवादीले चार वटा र एमालेले दुई वटा प्रदेशमा पाउनेछ ।

बढिमा ११ मन्त्री

एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको लामो छलफल पछि प्रदेश सरकारमा बढीमा ११ मन्त्री बनाउने पनि सहमति भएको छ । सरकारमा एमालेबाट ७० र माओवादी केन्द्रबाट ३० प्रतिशत प्रतिनिधित्व हुनेछ ।

Logo