साइत, शंखनाद र शक्ति प्रदर्शनबीच बालेनको शपथ हुने

साइत, शंखनाद र शक्ति प्रदर्शनबीच बालेनको शपथ हुने

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। प्रधानमन्त्री बन्न लागेका रास्वपाका नेता बालेन्द्र शाहको शपथग्रहण केवल औपचारिक कार्यक्रममा सीमित नहुने देखिएको छ। शुक्रवार मध्याह्न १२ः३४ बजेका लागि तय गरिएको शपथलाई धार्मिक, सांस्कृतिक र प्रतीकात्मक रूपमा भव्य बनाउने तयारी गरिएको छ।

बालेन सचिवालयका अनुसार निर्धारित साइतमै शपथ लिने जानकारी राष्ट्रपति कार्यालयलाई दिइएको छ। कार्यक्रममा १०८ जना बटुकबाट स्वस्तिवाचन, १०७ जना बौद्ध लामाबाट मंगलवाचन र सात जना ब्राह्मणबाट शंखनाद गरिने तयारी छ।

यो व्यवस्थाले नयाँ प्रधानमन्त्रीको आगमनलाई धार्मिक–सांस्कृतिक सन्देशसहितको शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गर्ने प्रयास देखिएको छ।

शपथपछि बालेन दिउँसो २ः१५ बजे सिंहदरबार पुग्ने कार्यक्रम तय भएको छ, जहाँबाट उनको औपचारिक कार्यभार सुरु हुनेछ।

Logo