‘लिपुलेक-लिम्पियाधुरा विषयमा कूटनीतिक पहल आवश्यक’ : प्रदीप पौडेल

‘लिपुलेक-लिम्पियाधुरा विषयमा कूटनीतिक पहल आवश्यक’ : प्रदीप पौडेल

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले लिपुलेक र लिम्पियाधुरा नेपालको भू-भाग भएको उल्लेख गर्दै त्यस क्षेत्रमा हुने कुनै पनि अतिक्रमणलाई स्वाभाविक रूपमा स्वीकार गर्न नसकिने धारणा व्यक्त गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका क्रममा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त विषयको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिए। उनका अनुसार अहिलेसम्म प्रभावकारी कूटनीतिक प्रयास पर्याप्त रूपमा अघि बढ्न नसकेको र विषयलाई प्राय: सार्वजनिक अभिव्यक्ति तथा सामाजिक सञ्जालमा सीमित गरिएको देखिएको छ।

महामन्त्री पौडेलले राज्य पक्षबाट ठोस र परिणाममुखी कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गर्दै सरकारले यस दिशामा सक्रियता देखाए काँग्रेसले आवश्यक सहयोग गर्न तयार रहने बताए।

उनले सीमासम्बन्धी विषयलाई संवेदनशील रूपमा सम्बोधन गर्दै दीर्घकालीन समाधानका लागि संस्थागत र प्रभावकारी कूटनीतिक संयन्त्र प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए।

Logo