काठमाडौं। गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) का अध्यक्ष डा. दिनेश प्रसाईंले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई देश र समाजप्रति हदैसम्मको अपराध गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै प्रसाईंले २४ भदौको आगलागीमा को–को संलग्न थिए भन्ने तथ्य सार्वजनिक नगरी प्रतिवेदन प्रस्तुत गर्नु लज्जास्पद भएको बताए। उनले भने, “संगठित गिरोहको संलग्नता स्पष्ट हुँदाहुँदै पनि व्यक्तिहरूको पहिचान नगरी प्रतिवेदन आउनु स्वीकार्य छैन।”
उनको अनुसार, समाज र देशप्रति गरिएको अपराधमा संलग्न व्यक्तिहरूलाई किटान नगरी प्रतिवेदन आउनु लोकतन्त्र र पारदर्शिताको मूल भावनाको खण्डन हो।
विश्लेषकहरूका अनुसार, प्रसाईंको टिप्पणीले छानबिन आयोगको विश्वसतियता र सार्वजनिक विश्वासमाथि प्रश्न उठाएको छ र आगामी राजनीतिक तथा सामाजिक बहसमा तनाव उत्पन्न गर्न सक्ने संकेत दिएको छ।































प्रतिक्रिया