काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचित क्षितिज थेबेले शपथ ग्रहणसँगै आफ्नो पहिलो महिनाको तलब शिक्षा क्षेत्रमा लगाउने घोषणा गरेका छन्।
शपथ ग्रहण पश्चात् उनले आफ्नो तलब सिदिङवा गाउँपालिका-३ स्थित आगेपा आधारभूत विद्यालयको जग्गा खरिद र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सांसदले शिक्षामा गरेको यो प्रारम्भिक योगदानले बालबालिकाको दीर्घकालीन लाभ र उज्ज्वल भविष्य निर्माणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, उनले आफूलाई निर्वाचित गराएर संसदसम्म पुर्याउने ताप्लेजुङवासीप्रति आभार समेत प्रकट गरेका छन्।





























प्रतिक्रिया