ढुक्क हुनुहोस् एमाले-माओवादी एकता हुन्छ

ढुक्क हुनुहोस् एमाले-माओवादी एकता हुन्छ

केन्द्रबिन्दु
0
Shares

गोरखा 

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । 

आज गोरखामा सञ्चारकर्मीसँग नेता श्रेष्ठले भन्नुभयो, “सकेसम्म माघमा सरकार गठन गर्छौँ । एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ ।” 

सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी एकता गरिसक्ने गरी गृहकार्य गरिएको श्रेष्ठको भनाइ छ । वैचारिक, राजनीतिक लाइन के हुने, संगठनात्मक नीति कस्तो बनाउने भन्नेबारे अहिले छलफल भइरहेको श्रेष्ठले बताउनुभयो । 

पार्टी एकताबारे शंका नगर्न आग्रह गर्दै श्रेष्ठले भन्नुभयो, “ढुक्क हुनुहोस् पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन ।” रासस

Logo