बालेनलाई बाबुरामको शुभकामना-‘नयाँ पुस्ताको नेतृत्वले देशको आकांक्षा पूरा गरोस्’

बालेनलाई बाबुरामको शुभकामना-‘नयाँ पुस्ताको नेतृत्वले देशको आकांक्षा पूरा गरोस्’

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले बालेनलाई नेपाली इतिहासकै कान्छा तथा मधेसी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा उल्लेख गरेका छन्।

भट्टराईले आफ्नो स्टाटसमा नेपाल आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ–राजनीति र बाह्य रूपमा तीव्र गतिमा बदलिँदै गएको भू–राजनीतिक अवस्थाबीच नयाँ नेतृत्वले कुशल व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताएका छन्। उनले २१औँ शताब्दीका जनअपेक्षा पूरा गर्न बालेन सफल हुने विश्वास व्यक्त गरेका छन्।

उनले लोकतान्त्रिक प्रक्रियापछि नेपाल सुशासन र समावेशी समृद्धिको नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै अब राजनीति समयानुकूल डिजिटल प्रविधि र एआईमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको यथार्थलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी उनले कसैको देवत्वकरण वा दानवीकरण नगरी गुण र दोषका आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गर्न पनि आग्रह गरेका छन्।

Logo