दशमी तिथिको ‘राजयोग’का बीच शपथ लिँदै बालेन,सत्ता यात्रामा ग्रहहरूको खेल सुरु

दशमी तिथिको ‘राजयोग’का बीच शपथ लिँदै बालेन,सत्ता यात्रामा ग्रहहरूको खेल सुरु

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। आज शुक्ल पक्ष दशमी तिथि, पुनर्वसु नक्षत्र र विशेष ग्रहयोगको समयबीच राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ लिँदैछन्।

ज्योतिषीय मान्यताअनुसार दशमी तिथि राज्य सञ्चालन, पद ग्रहण र सरकारी कार्यका लागि शुभ मानिन्छ। यो तिथिले स्थिरता, व्यवस्था र दीर्घकालीन शासन क्षमतासँग सम्बन्धित ऊर्जा दिने विश्वास गरिन्छ। दशमीमा गरिएका निर्णयहरू प्रायः न्यायिक र दीर्घ दृष्टिकोणयुक्त हुने मानिन्छ।

यसैगरी आजको नक्षत्र पुनर्वसु हो, जसका स्वामी बृहस्पति मानिन्छन्। पुनर्वसु नक्षत्रलाई पुनर्निर्माण, सुधार र नयाँ सुरुवातको प्रतीकका रूपमा लिइन्छ। यसलाई बिग्रिएको अवस्थाबाट पुनः सुधार गर्ने र व्यवस्थालाई पुनः स्थापित गर्ने ऊर्जासँग जोडेर व्याख्या गरिन्छ।

ज्योतिषीय गणनाअनुसार आजको दिन ९-४-१ को संयोजन (मङ्गल, राहु र सूर्य प्रभाव) देखिने उल्लेख छ। यसलाई एकातर्फ शक्ति, नेतृत्व र परिवर्तनको संकेतका रूपमा लिइन्छ भने अर्कोतर्फ राहु प्रभावका कारण अस्थिरता, चुनौती र अप्रत्याशित परिस्थितिको सम्भावना पनि रहने संकेत मानिन्छ।

यही विशेष ग्रह–नक्षत्र योग र राजनीतिक घटनाक्रमको बीच बालेन शाहले आज शपथ ग्रहण गर्दै नयाँ सरकारको नेतृत्व सम्हाल्न लागेका हुन्। यसलाई समर्थकहरूले नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरिरहेका छन् भने विश्लेषकहरूले आगामी दिनमा निर्णय, चुनौती र स्थायित्व दुवै पक्षमा ध्यान दिनुपर्ने अवस्था रहेको बताइरहेका छन्।

Logo