बालेन नेतृत्वको सरकारमा मन्त्री चयन प्रक्रिया तीव्र, चार जनाको नाम लगभग फाइनल

बालेन नेतृत्वको सरकारमा मन्त्री चयन प्रक्रिया तीव्र, चार जनाको नाम लगभग फाइनल

केन्द्रबिन्दु
204
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) ले आज प्रधानमन्त्री पदको शपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो १२ः३४ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ।

नयाँ सरकार गठनसँगै मन्त्री को–को बन्ने भन्ने विषयमा छलफल तीव्र बनेको छ। पार्टी स्रोतका अनुसार बालेनले सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् भने मन्त्रालयहरूको संख्या घटाउने विषयमा पनि छलफल भइरहेको छ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि शीर्ष नेताहरूबीच आज बिहानदेखि मन्त्रालय बाँडफाँड र मन्त्री छनोटबारे निरन्तर छलफल भइरहेको छ। छलफलमा बालेन, सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्याल सहभागी रहेका छन्।

स्रोतका अनुसार अर्थ मन्त्रालयका लागि स्वर्णिम वाग्लेको नाम लगभग निश्चित भइसकेको छ। साथै शिशिर खनाल, सुनिल लम्साल र सस्मित पोखरेलको नाम पनि मन्त्रीका लागि तय भइसकेको बताइएको छ। अन्य मन्त्रालयका लागि भने अझै अन्तिम निर्णय हुन बाँकी रहेको छ।

मन्त्री छनोटका लागि विज्ञता र अनुभवलाई प्राथमिकता दिइएको बताइएको छ। नेतृत्वले सबै सांसद र केन्द्रीय सदस्यलाई विश्वास गर्न आग्रह गरे पनि अन्तिम सूची अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

नयाँ सरकारको पहिलो प्राथमिकता सानो र प्रभावकारी मन्त्रिपरिषद् बनाउने तथा प्रशासनिक सुधारलाई अघि बढाउने रहने अपेक्षा गरिएको छ।

Skip This
Skip This
Logo