काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ । रास्वपा नेतृत्वको नयाँ सरकारमा एक तिहाइ महिला समेट्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।
आज वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने शपथग्रहणपछि मन्त्रीहरूको शपथ पनि आजै हुने तयारी गरिएको छ ।
मन्त्रालय बाँडफाँड र मन्त्रीहरूको अन्तिम नाम टुंगो लगाउन अहिले शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ । बालेन नेतृत्वको नयाँ सरकारले सानो र प्रभावकारी मन्त्रिपरिषद् बनाउने तथा प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने बताइएको छ।































प्रतिक्रिया