काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । पार्टी स्रोतका अनुसार प्रमुख मन्त्रालयहरूमा युवा र प्राविधिक पृष्ठभूमिका नेताहरूलाई जिम्मेवारी दिने सहमति बनेको छ।
नयाँ सरकारको नेतृत्व बालेन शाहले गर्ने भएका छन् भने अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिने टुंगो लागेको छ। परराष्ट्र मन्त्रालय शिशिर खनाललाई दिने सहमति बनेको छ भने गृहमन्त्रीका रूपमा सुदन गुरुङको नाम अघि सारिएको छ।
त्यसैगरी सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, पर्यटन मन्त्रालयमा गणेश पौडेल, उद्योग मन्त्रालयमा अमरेश सिंह र भौतिक पूर्वाधार मन्त्रालयमा सुनिल लम्शालको नाम टुंगो लागेको स्रोतहरूले जनाएका छन्।
कृषि मन्त्रालयको जिम्मेवारीका लागि गीता चौधरीको नाम पनि अन्तिम सूचीमा समावेश गरिएको छ ।
पार्टीभित्रको छलफलमा सानो तर प्रभावकारी मन्त्रिमण्डल बनाउने र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्ने विषयमा सहमति जुटेको बताइएको छ ।
आजै प्रधानमन्त्रीको शपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेका बेला मन्त्रीहरूको नाम सार्वजनिक भएपछि राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।































प्रतिक्रिया