ऊर्जा तथा जलस्रोत मन्त्रीमा बिराजभक्त श्रेष्ठ

ऊर्जा तथा जलस्रोत मन्त्रीमा बिराजभक्त श्रेष्ठ

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकारमा बिराजभक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोत मन्त्री बन्ने भएका छन्।

काठमाडौँ–८ बाट निर्वाचित सांसद श्रेष्ठ यसअघि पनि युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्।

पार्टी स्रोतका अनुसार ऊर्जा मन्त्रालयको जिम्मेवारीका लागि उनको नाम अन्तिम रूपमा टुंगिएको छ। ऊर्जा तथा जलस्रोत क्षेत्रको सुधार, नीतिगत पुनर्संरचना र परियोजना व्यवस्थापनलाई प्राथमिकतामा राख्दै उनलाई उक्त जिम्मेवारी दिन लागिएको बताइएको छ ।

नयाँ सरकार गठनसँगै मन्त्री चयन प्रक्रिया तीव्र बनेको छ र प्रमुख मन्त्रालयहरूमा नामहरू क्रमशः अन्तिम रूप लिँदै गएको देखिएको छ ।

Skip This
Skip This
Logo