भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सुनिल लम्साललाई

भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सुनिल लम्साललाई

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा सुनिल लम्साललाई मन्त्री बनाउने निर्णय गरेको छ। पार्टी स्रोतका अनुसार लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। उनी रुपन्देही–१ बाट निर्वाचित सांसद हुन्।

नयाँ मन्त्रिपरिषद् विस्तारको तयारीसँगै मन्त्रीहरूको नाम टुंगो लगाउने प्रक्रिया तीव्र बनेको छ। लम्सालले आजै शपथ लिने कार्यक्रम रहेको बताइएको छ। नयाँ सरकारमा प्रमुख मन्त्रालयहरूको बाँडफाँड अन्तिम चरणमा पुगेको र प्रशासनिक सुधार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

Logo