एमाले नेतृ कोमल वलीलाई पितृशोक

एमाले नेतृ कोमल वलीलाई पितृशोक

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य तथा चर्चित गायिका कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ।

शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा लडेर ८५ वर्षीय ललितबहादुर वलीको निधन भएको हो। छतबाट खसेपछि उनलाई अञ्चल अस्पताल, दाङ लगिएको थियो। अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

नेतृ वलीका अनुसार उनका बुबाको पार्थिव शरीर अन्तिम दर्शन तथा श्रद्धाञ्जलीका लागि तुलसीपुरमा राखिएको छ।

Skip This
Skip This
Logo