काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण गरेपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए। त्यहाँ उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै पदभार ग्रहण गरेका हुन्।
नयाँ सरकार गठनसँगै प्रधानमन्त्री शाहसँगै १५ जना नवनियुक्त मन्त्रीहरूले पनि आजै आ–आफ्नो मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।
शपथ र पदभार दुवै प्रक्रिया आजै सम्पन्न भएसँगै नयाँ सरकारको औपचारिक कार्यकाल सुरु भएको छ।





























प्रतिक्रिया