काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले परम्परागत अभ्यास तोड्दै शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ।
सामान्यतया सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई प्रवक्ता बनाउने चलन रहँदै आएकोमा यसपटक त्यो अभ्यास परिवर्तन गरिएको हो। सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनालाई प्रवक्ता नबनाइ शिक्षा मन्त्री पोखरेललाई यो जिम्मेवारी दिइएको छ।
काठमाडौं–५ बाट निर्वाचित पोखरेल युवा नेताका रूपमा उदाएका छन्। उनले निर्वाचनमा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गर्दै ध्यान खिचेका थिए।
सरकारको प्रवक्ताको जिम्मेवारीसँगै अब पोखरेलले सरकारका निर्णय र धारणा सार्वजनिक गर्ने प्रमुख भूमिका निर्वाह गर्नेछन्।





























प्रतिक्रिया