सरकार परिवर्तनसँगै महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

सरकार परिवर्तनसँगै महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले आफ्नो पदबाट राजीनामा दिएकी छन्।

उनी गत भदौ २९ गते नियुक्त भएकी थिइन् र सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा कार्यरत थिइन्। तर, नयाँ सरकार गठन भएसँगै उनले पद त्यागेकी हुन्।

नेपालमा सरकार परिवर्तन भएपछि महान्यायाधिवक्ताले पनि राजीनामा दिने अभ्यास रहँदै आएको छ। सोही परम्पराअनुसार बरालले प्रधानमन्त्री परिवर्तनसँगै आफ्नो जिम्मेवारीबाट बाहिरिने निर्णय लिएकी बताइएको छ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हुने भएकाले राजनीतिक नेतृत्वसँगै पद परिवर्तन हुने प्रचलन स्थापित छ।

Skip This
Skip This
Logo