त्रिवि शिक्षण अस्पतालको रेड एरियामा स्वास्थ्य जाँच गर्दै ओली

त्रिवि शिक्षण अस्पतालको रेड एरियामा स्वास्थ्य जाँच गर्दै ओली

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड एरिया’मा राखिएको छ। उनलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।

अहिले ओलीको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया अघि बढाइएको अस्पताल स्रोतले जनाएको छ। चिकित्सकको सल्लाह अनुसार आवश्यक परीक्षणपछि थप उपचार वा निगरानीबारे निर्णय हुने बताइएको छ।

यसअघि उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो। स्वास्थ्य अवस्थाको सामान्य मूल्यांकनपछि अस्पताल स्थानान्तरण गरिएको हो।

ओलीलाई भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो घटनामा १९ जनाको मृत्यु भएको थियो।

Logo