विगतका ‘कुकर्म’ले पक्राउ परे: पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल

विगतका ‘कुकर्म’ले पक्राउ परे: पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेपालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयमा दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) का संस्थापक अरविन्द केजरीवालले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिएका हुन्।

यो घटनालाई लिएर केजरीवालले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लेखेका छन्, “नेपाल के पूर्व प्रधान मंत्री और गृह मंत्री अपने पुराने कुकर्मों की वजह से गिरफ़्तार” ।

तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र हताहतको छानबिन आयोगले दोषी ठहर गरेपछि आज बिहान पक्राउ गरिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

Logo