ओली लेखकलाई धरपकड होइन, कानुनी प्रक्रिया अघि बढेको हो : पूर्वन्यायाधीश रायमाझी

ओली लेखकलाई धरपकड होइन, कानुनी प्रक्रिया अघि बढेको हो : पूर्वन्यायाधीश रायमाझी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले केपी शर्मा ओली पक्राउ प्रकरणलाई अनुसन्धानको सामान्य प्रक्रिया भएको बताएका छन्।

उनका अनुसार सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सोही क्रममा अनुसन्धान अघि बढाइएको हो। पक्राउलाई सीधै ‘धरपकड’ वा प्रक्रिया मिचिएको भन्न नमिल्ने उनको धारणा छ।

रायमाझीले कुनै पनि मुद्दा प्रमाणबिना अघि नबढ्ने स्पष्ट पार्दै प्रहरी र सरकारी वकिलले तथ्य र प्रमाणका आधारमा मात्रै निर्णय गर्ने बताए। अनुसन्धानबाट आधार भेटिएपछि मात्र मुद्दा दायर हुने र अन्तिम निर्णय अदालतले गर्ने उनले बताए।

उनका अनुसार आयोगको प्रतिवेदन केवल आधार हो, त्यसपछि थप अनुसन्धान आवश्यक हुन्छ। त्यसैले अहिलेको अवस्थालाई कानुनी प्रक्रियाको सुरुआती चरणका रूपमा बुझ्नुपर्ने उनले उल्लेख गरेका छन्।

Logo